पाल्पा - जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा अध्यापनरत पूर्व प्राथमिक तहका सहजकर्ताहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, सामाजिक विकास समितिका संयोजक हुमान सिंह कार्की, मुख्यमन्त्रि शैक्षिक सुधार कार्यक्रमकी जिल्ला समन्वयकर्ता सुसिला गाहा, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम समिति सदस्यहरू श्री शारदा के.सि. रायमाझी र पदम सोमैको आतिथ्यता र शिक्षा अधिकृत निशा पाण्डे लगायतको उपस्थितिमा सञ्चालित उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईले तालिम कार्यक्रमको उद्घाटन गर्नुभयो।
कार्यक्रममा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम समिति सदस्य शारदा के.सि. रायमाझीले स्वागत मनतव्य दिनुभएको थियो र शिक्षा अधिकृत निशा पाण्डेले सञ्चालन गर्नुभएको थियो। जेठ ४ र ५ गते सञ्चालन हुने कार्यक्रममा प्रमिता पाण्डे र राजकुमार घिमिरेले प्रशिक्षण दिनुहुनेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० ०८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय