Erani Mahal
रामपुरमा आवधिक योजना तर्जुमा कार्यशाला
aka
पाल्पा - रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठि विहिबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोगमा आवधिक नगर विकास योजना तर्जुमा कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठि शुरु भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आफु निर्वाचित भए पछि खर रहितको घर र ढल रहितको शहर कार्यक्रम शुरुवात गरेको बताउँदै नगरको समृद्धिका लागि सबैको राय सुझावको खाँचो रहेको बताउनुभयो । साथै उहाँले पूर्वाधार विकासले मात्र नगरको विकासले पूर्णता नपाउने भन्दै पूर्वाधार भन्दा सामाजिक विकासमा लगानी बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्वाधारले मात्रै विकास नहुने भन्दै मानिसको मस्तिष्कको विकास संग संगै भए मात्र विकासले निरन्तरता पाउने बताउनुभयो । साथै नगरलाई समृद्ध र विकसित नगरपालिकाको रुपमा विकास गर्न सबै एक भएर लाग्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा सहभागिलाई स्वागत गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले योजनाबद्ध विकासको माध्यमबाट नगरपालिकाको समृद्धि र विकास हासिल गर्न सकिने बताउनुभयो । साथै नगरको विकासका लागि आवश्यक राय सुझावका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यशालामा सहभागिले आ आफ्नो क्षेत्रबाट आगामी योजना तय गर्दा ध्यान दिनु पर्ने कुरा र सञ्चालन गर्नु पर्ने योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकामा सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रम हालको अवस्था , समस्या ,चुनौति र समाधानको लागि सुझाव संकलन तथा आगामी दिनमा संचालन गर्नु पर्ने योजनाको विषयमा छलफल भएको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यशालाको सहजिकरण सेफ ईन्जिनियरिङ कन्सल्टेन्सिका कन्सल्टेन्ट किशोर रिजाल र शालिकराम पोखरेलले गर्नु भएको छ । कार्यशालामा आवधिक योजनाको आवश्यकता , योजना तर्जुमाका कानुनी आधार , राजश्व संकलन लगाएतका विषयमा सहजिकरण गरिएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यशाला लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको संचालन रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । तालिम आँउदो शनीबार सम्म चल्ने छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update