पाल्पा – एक साताअघि पाल्पाको तिनाउमा भेटिएको शबको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । तिनाउ गाउँपालिका–३, झुक्सास्थित फुलफुले सामुदायिक वनमा झुुण्डिएको अवस्थामा फेला परेको शबको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले एक साताअघि गत बैशाख २५ गते रुखमा पासो लगाई झुण्डिएर सडेको अवस्थामा एक पुरुषको शब फेला पारेको थियो । उक्त शब पाँच फिट ६ इन्च अग्लो, कालो टिसर्ट, निलो जिन्स पाइन्ट, रातो जुत्ता, बायाँ हातमा खैरो रंगको घडी लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उक्त शब हालसम्म पाल्पा अस्पतालको शबगृहमा सुरक्षित रहेको र हालसम्म परिवारको बारेमा समेत जानकारी नभएको पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले बताउनुभयो । उहाँले मृतक परिवारलाई सम्पर्कमा आउन समेत अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० २१:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय