पाल्पा – पाल्पा जिल्लामा हुने पटक–पटकको विद्युत् समस्यालाई समाधान गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका नेता तथा कार्यकर्ताले मंगलबार विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रका प्रमुख विवेक अधिकारीलाई तत्काल समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
उनीहरूले विद्युत् अबरोधले पाल्पाको विकास निर्माण तथा व्यवसाय क्षेत्रलाई असर पु¥याएको भन्दै समस्या समाधानमा गम्भीर हुन केन्द्रलाई भनेको छ । ज्ञापनपत्र वितरणमा रास्वपाका जिल्ला अध्यक्ष विष्णु भण्डारी, सचिव सुमन गैरेलगायतको सहभागिता रहेको थियो । पछिल्लो केही दिनयता पाल्पामा पटक–पटक विद्युत् अबरोध हुने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय