Erani Mahal
प्रेस युनियनकाे अधिवेशन सम्पन्न, सभापतिमा गहिरे सर्वसम्मत
rr
पाल्पा – नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौ जिल्ला अधिवेशनले अध्यक्षमा मन गहिरेलाई निर्विरोध निर्वाचित गरेको छ । जसको खुल्ला उपाध्यक्षमा रामचन्द्र रायमाझी, विष्णुु प्रसाद खनाल र समावेशीतर्फ दानु हिस्की, सचिवमा विष्णुु प्रसाद घिमिरे, सहसचिवमा इमानसिं राना, वबिता विस्ट, सन्तोष सुनार र कोषाध्यक्षमा दिपक भट्टराई चयन हुनुभएको छ । सदस्यहरुमा किसन पोखरेल, जीवन तिवारी, मीना कुमाल, प्रकाश ज्ञवाली, रमेश राना, भविश्वर पौडेल, सुमन कार्की, दुर्गा अर्याल, इवन ढेंगा र शुशिल बस्याल चयन हुनुभयो । नवौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर रानाले पत्रकारिता क्षेत्रले मुुलुकमा पछिल्लो समय विकृति, विसंगति र भ्रष्टचारका घटनाहरु बढ्दै गएकाले त्यसका विरुद्ध खरो रुपमा उत्रिन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय संविधानको मर्म विपरित प्रहार भइरहेको बताउनुभयो । लोकतन्त्र र सिङ्गो व्यवस्था माथि कै प्रहार गर्ने काम भएकाले कलमलाई सशक्त बनाएर अघि बढ्नु पर्ने अवस्था आएको उहाँले बताउनुभयो । राजनीति प्रतिको आकर्षण र दलहरु प्रतिको विश्वास घट्दै गएको सन्दर्भमा लोकतन्त्रको पक्षमा पत्रकारले कलम चलाउनु आवश्यक रहेको उहाँको भनाई छ । प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले विद्युतीय सञ्चार माध्यमले अवसरसँगै पत्रकारितामा चुनौती थपिएको बताउँदै वर्तमान चुनौतीहरुलाई चिर्नका लागि पत्रकारको क्षमता अभिवृद्धिसँगै संगठनलाई मजबुत बनाउनपर्नेमा जोड दिनुभयो । नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्णले युनियन पार्टीको शुभेच्छुक रहे पनि सरकारको प्रतिपक्षमा रहिरहने धारणा व्यक्त गर्नुभयो । युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकार माथि भएका प्रहारलाई चिर्न सत्य र तथ्यमा आधारित भएर खोजमुलक सामग्री उत्पादनमा जोड दिन सबै पत्रकारहरुलाई आग्रह गर्नुभयो । केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले झुट्टा सूूचनाले सञ्चारकर्मीहरु प्रति प्रश्न उठेको बताउँदै त्यस प्रति सचेत रहन आग्रह गर्नुभयो । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नविन गिरीले साझा संस्थाको रुपमा स्थापित गर्नका लागि युुनियनलाई निर्देशन गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति एवं प्रेस युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गहिरेले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताका लागि युनियनले महत्वपूर्ण भूूमिका खेल्दै आएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले गणतन्त्र स्थापनासँगै अधिकारका लागि पत्रकारिताले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । नेपाल प्रेस युुनियनका केन्द्रीय प्रतिनिधि विष्णुु प्रसाद भुषाल, नेकपा माओवादी केन्द्र पाल्पाका सचिव मथुरा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सचिव सुमन गहिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, एकीकृत समाजवादी जिल्ला सचिव मोहनलाल गैरै, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष विशाल दर्लामी, नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य त्रिलोचन पौड्याल, नेत्र ज्योति संघ पाल्पाका सभापति बुुद्धिप्रसाद शर्मा, तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जन, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, प्रेस चौतारी नेपाल जिल्ला अध्यक्ष कृष्ण कार्की लगायतले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा चुनौती थपिदिै गएकाले यसतर्फ पत्रकारहरुका संस्थाहरुले ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । अधिवेशनको अवसरमा युनियनले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत समेत गरेको छ । युनियनले स्वर्गीय चकोरमान शाक्यले स्थापना गरेको पूर्णमान स्मृति पत्रकारिता पुरस्कारबाट भरत शर्मा, गंगाराम नेपालले स्थापना गरेको तिलकराम नेपाल स्मृति पुरस्कारबाट रामचन्द्र रायमाझी, मीना पन्थीले स्थापना गरेको राजेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट इमान सिं राना, उदय घिमिरेले स्थापना गरेको लक्ष्मण घिमिरे पत्रकारिता पुरस्कारबाट सरस्वती दंगाललाई पुरस्कृत गरेको छ । यसैगरी राम प्रसाद श्रेष्ठले स्थापना गरेको मान बहादुर श्रेष्ठ स्मृति पुरस्कारबाट दुर्गेश मल्ल, सुरेशमान कर्मचार्यले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट विष्णु खनाल, त्रिलोचन पौडेलले स्थापना गरेको बालकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट पुष्कराज रेग्मी र बुद्धि प्रसाद शर्मा र शोभा शर्माद्वारा स्थापित पत्रकारिता पुरस्कारबाट कविराज नेपाललाई पुरस्कृत गरेको छ । युनियनले संस्थागत विकासमा सहयोग पु¥याएका माथागढी गाउँपालिकाका पूर्व अध्यक्ष सन्तोष थापा मगर, रैनादेवी छहरा गाउँपालिकाका पूर्व अध्यक्ष रामबहादुर कार्की, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, बगनासकाली गाउँपालिकाका पूर्व अध्यक्ष कृष्णप्रसाद बस्याल, नेपाली काँग्रेस महासमिति सदस्य सन्दीप राना समेत सम्मान गरेको छ । कार्यक्रममा युनियनका जिल्ला सचिव रामचन्द्र रायमाझीले सागठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष विष्णुप्रसाद खनालले आर्थिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update