पाल्पा - गाँउले देउराली पत्रिकाको वार्सिकोत्सवमा कृति बिमोचन, सम्मान तथा आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिका १ ढाक्रेबासमा भएको कार्यक्रमको उद्घाटन गर्दै पूर्बखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले साहित्यकार रामप्रसाद अर्याल द्वारा लिखित देउरालीको फन्को कृति बिमोचन गर्नुभयो । दिल वहादुरको दुइ छोराहरु नारायण सारु र माधव सारुको घरमा आएर कृति विमोचन गर्नुको खास अर्थरहेको समेत उहाँको भनाई थियो ।
लेखक र कृतिको परिचय गराउँदै बिभिन्न समस्याका बाबजुद देउराली पत्रिका नियमित संचालन भएकोमा बधाइ तथा शुभकामना पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले दिनुभयो ।
पुस्तकमाथि समीक्षा गर्दै बरिष्ठ साहित्यकार निलकण्ठ न्यौपानेले कृतिभित्र विभिन्न बिधामा जम्मा ५८ शीर्षकमा गाउँले परिवेशको यथार्थता, सामाजिक सचेतनात्मक, ब्यङग्यात्मक, शिक्षाप्रेरक, सु– सुचित सभ्य समाजको सन्देश दिइएको बताउनुभयो ।
कार्यक्रममा देउराली सप्ताहिक पत्रीकाको लागि योगदान पुर्याउने कृतिका लेखक तथा गाउँले देउराली साप्ताहिकका प्रधानसम्पादक रामप्रसाद अर्याल, साहित्यकार डाक्टर टंकप्रसाद पन्त, पूर्व सम्पादक धातानन्द शर्मा, पूर्व सम्पादक तथा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्दप्रसाद भट्टराई, झमानसिङ दर्लामी, झबिन्द्र देबकोटालाइ प्रशंसा तथा मायाको चिनोले सम्मान गरिएको थियो ।
सोही अवसरमा ग्रामीण विकास पाल्पाले गाउँले देउरालीका सहसम्पादकको पहल हिम्मत र शाहसका कारण यस्तो ठाउँमा कार्यक्रम गर्न सकिएको भन्दै संस्थाका सचिव रामचन्द्र नेपाललाई सम्मान गरिएकाे छ । यस्तै संस्थाका कोषाध्यक्ष यादवराज शर्मा तथा पत्रिकाका ब्यवस्थापक रिमा घर्तीमगरलाई समेत सम्मान गरिएको थियो ।
पूर्बखोला गाउपालिका ढाक्रेबासका डिलबहादुर सारुका १२ र १४ बर्षका दुई अपाङग छोराहरू नारायण सारु र माधब सारुलाइ दाम्लोले बाँधेर राखिएको समाचार गाउँले देउरालीले प्रकाशन गरेपछि सो ठाउँमा नै पुगेर कार्यक्रम गरिएको भन्दैे ग्रामीण विकास पाल्पाकी उपाध्यक्ष शुशिला श्रेष्ठले सवैलाई धन्यबाद दिनुभयो ।
गाउँले देउराली साप्ताहिकका सचिव रामचन्द्र नेपालको सन्चालन र अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रम भएकाे हाे ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० ०७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय