पाल्पा - जिल्लाको तिनाउँ गाउँपालिकामा मोटर साइकल दुर्घटना हुँदा एक जना घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ४४ प ५८०५ नम्बरको मोटरसाइललाई विपरित दिशाबाट आएको टिप्परले ठक्कर दिदा मोटरसाइकलमा सवार चालक घाइते भएको प्रहरी प्रवक्ता विरेन्द्र थापाले बताउनुभयो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।
घाइतेकाे अवस्था शिरियस रहेकाे र उपचारकाे लागि लुम्बिनि प्रदेश अस्पताल बुटवल पठाइएकाे छ ।
तस्विर कृष्ण पाण्डेयकाे सहयाेगमा ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय