पाल्पा - जिल्लाको माथागढी र तिनाउँमा वेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँको झुम्सामा रहेको फुलफुले बन र माथागढी गाउँपालिका वडा नं ५ को सामुदायिक वनमा चिलाउनेको रुखमा झुण्डि*एको अवस्थामा बेवारिसे शव फेला परेको हो ।
माथागढीमा हेर्दा अन्दाजी ४० वर्षको साधुको भेषमा रहेको मानिसको लास भेटिएको छ । यस्तै तिनाउँको झुम्सामा रहेको फुलफुले सामुदायिक वनमा अन्दाजी २०।२५ वर्षको युवाको शव झुण्डी**एको अवस्थामा फेला परेको प्रहरी प्रवक्त विरेन्द्र थापाले बताउनुभयो ।
दुवै शवहरु सडेगलेकाे अवस्थामा रहेकाे र पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल पाल्पामा लगिएकाे छ ।
दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । फेला परेकाे शवकाे पहिचान खुल्न सकेकाे छैन भने पहिचानकाे लागि अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १९:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय