Erani Mahal
रानीमहलमा बैशाख २८ गतेदेखि 'वीच' भलिबल हुने
Ranim
पाल्पा - पाल्पाको रानीमहलमा महिला वीच भलिबल प्रतियोगिता हुने भएकाे छ । यही बैशाख २८ देखि ३० गतेसम्म रानीमहलमा राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिता हुने भएको हाे । उक्त प्रतियोगिता सन्जय मेमोरियल फाउन्डेसनको आयोजनामा हुन गइरहेको हो । यस प्रतियोगितमा सात प्रदेश, तीन विभागीय र आयोजक गरी ११ टिमको सहभागिता रहनेछ । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई विभिन्न समूहमा विभाजन गरेर खेलाइने छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार र सान्त्वना पुरस्कार विजेताले २५ हजार पाउने छन् । प्रतियोगितामा सहभागी हुने टिमका दुई खेलाडी र एक अफिसियलको खाना, बस्ने र यातायात खर्च आयोजकले व्यहोर्नेछ । खेलाडीको बिमा समेत गरिनेछ । फाउन्डेसनले गत वर्ष महिला विधालाई समावेश गरेर प्रतियोगिता आयोजना गरेको थियो । नेपालको बिच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारबाट १५ लाख बजेट विनियोजन भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बिच भलिबलको आयोजनाबाट नेपालको ऐतिहासिक क्षेत्र रानीमहलको प्रबद्र्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयाे । रानीमहलवाट शुरु भएको यो अभियान देशैभरि विस्तार हुनु आवश्यक भएको र यसमा स्थानीय तह र प्रदेश तहमा विविध प्रतियोगिताहरु आयोजना हुन सक्ने र यसले देशको पर्यटन विकास र अर्थतन्त्रको विकासमा योगदान दिन सक्ने उहाँले बताउनुभयाे । कलाकार धिरेन शाक्यले बिच भलिबलको आयोजनाबाट पाल्पाको रानीमहल दरबारको प्रबद्र्धनमा सहयोग पुगेको बताउनुभयाे । उहाँले प्रतियोगिताको निरन्तरताका लागि सरकार र नीजि क्षेत्रको सहयोग महत्वपुर्ण रहने उल्लेख गर्नुभयाे । फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले महिला टिम अन्तराष्ट्रिय प्रतियोगितामा ब्यस्त भएकाले दोस्रो संस्करणमा पुरुष टिम मात्र सहभागी हुने जानकारी दिनुभयाे । उहाँले तेस्रो संस्करणको प्रतियोगितालाई अन्तराष्ट्रिय रुपमा लैजाने गरी तयारी गरेको उल्लेख गर्नुभयाे । रानीमहलको वीच भलिबलमा सरकारले सुरुआत गरेको सहयोगका लागि धन्यवाद दिदै उहाँले प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रको सहयोगको अपेक्षा रहेको बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update