तानसेन - पाल्पा महोत्सवको आज समापन हुने भएकाे छ । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा बैशाख १४ गतेदेखि सुरु भएको महोत्सव दश दिनमा सकिन लागेको हो । महोत्सवमा स्थानीय स्तरमा उत्पादित बस्तु तथा घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको स्टल राखिएको थियो ।
महोत्सव अबधिभर पाँच करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ । लक्ष्य अनुसार दर्शकको उपस्थिति नभएपनि दर्शकको उत्साहजनक सहभागिताले मेला महोत्सव सफल भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । महोत्सवमा पाल्पाका स्थानीय कलाकेन्द्रको प्रस्तुती रहेको थियो भने राष्ट्रियस्तरमा ख्यातीप्राप्त कलाकारहरूले प्रस्तुती दिनुभएको थियो । महोत्सव अबधिका केही दिन वर्षात्ले समस्या थपिएको थियो ।
केही दिन पानी पर्दा स्टल राख्ने व्यापारीले दुख पाएका थिए भने ग्रामीण क्षेत्रबाट महोत्सवमा आएका दर्शकले समेत सास्ती बेहोर्नु परेको थियो । महोत्सवको आज समापन हुने प्रचारप्रसार उपसमितिकिा संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो । दश दिन अबधिसम्म संचालन भएको महोत्सव सफल भएको उहाँले बताउनुभयो । महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० ०८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय