पाल्पा । न्यून विद्यार्थी भएर बन्द हुन थालेकाे ज्ञानोदय आधारभूत विद्यालयकाे नयाँ ब्वस्थापन सहित संचालन भएपछि माथागढी १ चिदीपानी पाल्पाको चार कोठे पक्की भवन आज एक बृहत् कार्यक्रमका बिच उद्घाटन गरिएको छ।
जापानीज समाजसेवी काजु मासा काकिमी ओके बाजेको प्रयत्नमा ३७ लाख आर्थिक साहायता प्राप्त भइ निर्माण भएको भवन जापानी डोनर हिडेयुकी सुजुकी प्रमुख अतिथि, संघीय साम्सद ठाकुर गैरे बिशिस्ट अतिथि, साथै युकि सुजुकी द्वारा संयुक्त रुपमा उद्घाटन गरिएको थियो। जापानीज डोनर टोली हेलिकप्टरमार्फत उद्घाटन स्थलमा आएको थियो।
ज्ञानोदय विद्यालयको नयाँ चार कोठाको पक्की भवन उद्घाटन पछि विद्यालयको भौतिक पक्ष थप मजबुत भएको छ। उद्घाटनको क्रममा नेपालका ग्रामीण भेगमा शैक्षिक लगायत पुर्बाधार विकासमा लगानी गर्न पाउदा खुसी लागेको बताउदै ज्ञानोदय विद्यालयको तीब्र विकास ब्यवस्थापन समितिको कुशल ब्यवस्थापन, शिक्षक अभिभावक विद्यार्थीको मेहनत र समुदायको सकारात्मक साथ सहयोग देख्दा लगानी थप बढाउन प्रेरणा मिलेको डिडेयुकी सुजुकिले बताउनुभयो।
चिदीपानी माडी क्षेत्रमा यो विद्यालय स्थानान्तरण भएपस्चात यस क्षेत्रको शिक्षा, स्वस्थ,सडक खानेपानी पुल पुलेसा राज्यको प्राथमिकतामा परेको उल्लेख गर्दै यस विद्यालयको विकासमा सहयोग रहने सांसद ठाकुरप्रसाद गैरेले बताउनुभयो । तिनाउ खोला पक्कि पुल,माडी चक्रपथ,माडी बृहत् सिंचाइ आयोजना आफ्नो प्राथमिकतामा परेको जसको लागि यसैवर्ष बजेट सुनिस्चित गर्न लागि परेको बताउनुभयो । कार्यक्रममा जापानीज समाजसेवी ओके बाजेले यस्तो सहयोग थप बढाउदै जाने बताउदै खेलकुद तथा स्टेसनरी सामान हस्तान्तरण गर्नुभएको हो।
माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले विद्यालको शिक्षक ब्यवस्थापन, सौचालय निर्माण, कम्पाउन्ड निर्माणमा सहयोग रहने बताउनुभयो । माथागढी वडा नं १ चिदीपानीका वडा अध्यक्ष तथा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीको केही वर्ष पहिले अस्तित्व सङकटमा रहेको विद्यालय आज सबै पक्षको सहयोगमा नबजीबन प्राप्त गरेको उल्लेख गर्दै निरन्तर सबै पक्षको साथ रहने विश्वास ब्यक्त गर्नुभयो।
भवन निर्माणमा पहल गरेकोमा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यलाइ धन्यवाद बाद सहित स्मरण गर्दै संघीय साम्सद ठाकुर गैरे पालिका अध्यक्ष यम बहादुर चिदी लगायत सबैको सहयोग रास्ट्रपति सैक्षिक सुधार अन्तर्गत थप ४ कोठे भवन ठेक्का प्रक्रिया मार्फत निर्माण हुन लागेको पन्थीले बताउनुभयो। नयाँ भवन बनेकोमा विद्यार्थी, शिक्षक र अभिभावकहरूमा उत्साह देखियो ।यस्ता किसिमको सहयोगको कदर गर्दै यस प्रकारको सहयोगले ग्रामीण शिक्षाको विकासमा टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक बिजयदीप पन्थीले बताउनुभयो।
करिब ५०० स्थानीय अभिभावक सहित समुदायको ब्यापक उपस्थिति रहेको थियो । नयाँ भवनले ज्ञानदय प्रथामिक विद्यालयका विद्यार्थीहरूका लागि सिकाइ वातावरणमा उल्लेखनीय सुधार ल्याउने र यस क्षेत्रको शैक्षिक नतिजामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।यस बर्ष विद्यालय अभिभावकको आकर्षणको केन्द्र बनेको पाइयो करिब १५० विद्यार्थी रहेको बिधालय मा बि सम्मको बनाउने विद्यालयको लक्ष्य छ । कार्यक्रम शिक्षिका मेनुका थापाले संचालन गर्नुभएको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० २१:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय