तानसेन – पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पाल्पा जिल्लाको निस्दी–३, खाँदर बस्ने ५४ वर्षकी उमावती गाहाको करेन्ट लागेर आज बेलुकी मृत्यु भएको हो ।
शुक्रबार साँझ साढे ४ बजेतिर मोबाइल चार्ज गर्ने क्रममा गाहालाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते हुनुभएको गाहाको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय