Erani Mahal
रामपुर नगरपालिकाले सुरु गर्याे  मजदुरकाे दुर्घटना बिमा !
02-vai
पाल्पा - मजदुरको हकहित र सुरक्षाका लागि रामपुर नगरपालिकाले दुर्घटना बिमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बिमा कार्यक्रम सुरु गरेको हो । रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागतरुपमा मजदुरको बिमा गरिदिएको छ । बिमा कार्यक्रमले मजदुरलाई राहत पुगेको रामपुर–५ कृषि टोलका श्यामकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँ यस क्षेत्रमा विगत सात वर्षदेखि घर तथा भवन निर्माण क्षेत्रमा श्रम गर्दै आउनुभएको छ । केही समयअघि काम गर्ने सिलसिलामा देब्रे हातको हत्केलामा चोट लागेर घाइते हुनुभयो । उहाँको सबै उपचार खर्च नगरपालिकाले बिमामार्फत बेहोर्ने भएपछि आफूलाई उपचारमा आर्थिक भार नपरेपछि खुसी हुनुुहुन्छ । “काम गर्ने सिलसिलामा हामी श्रमजीवी मजदुर वर्गलाई चोट पटक लागेमा सामान्य उपचार गर्न समस्या हुन्थ्यो, दैनिक मजदुर गरेर परिवारको पालनपोषण गर्नैप¥यो, बिमा गरेपछि उपचार खर्च मजदुरले बेहोर्न परेन, नगरपालिकाले ल्याएको बिमा कार्यक्रम हामी मजदुरको लागि अत्यन्तै राम्रो छ, बिमाले ढुक्कको अनुभूति भएको छ”, उहाँले खुसी हुँदै भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हालसम्म रामपुरभित्र कार्यरत पाँच सय ४३ मजदुरको दुर्घटना बिमा गरिएको बताउनुभयो । निर्माणको क्रममा तोकिएको पारिश्रमिक नपाएको खण्डमा मजदुर व्यवस्थापन समिति तथा स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई खबरदारी गर्ने न्यौपाने बताउनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update