पाल्पा - भाेलिदेखि पाल्पा सदरमुकाम तानसेनमा पाल्पा महाेत्सव हुँदैछ । महाेत्सवमा व्यापार व्यवसायदेखि, खेल तथा विभिन्न प्रतियाेगिता समेत हुँदैछ । त्यसमा अझ रमाइलाे थप्दैछ गीतसंगीतले । बिहीवारबाट टुँडिखेलमा सुरु हुने ‘पाल्पा महोत्सव’मा हरेक दिनजसो राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहनेछ । त्यसले महाेत्सव रमाइलाे बन्ने पक्का छ ।
२४ गतेसम्म चल्ने १३ औं संस्करणको यो महोत्सवमा हरेक दिनजसो राष्ट्रिय ख्यातीप्राप्त तथा स्थानीयस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने आयाेजक संस्था पाल्पा उद्याेग वाणिज्य संघले जनाएकाे छ ।
चर्चित गायकहरू शिव परियार, राजु परियार, बद्री पंगेनी, पशुपति शर्मादेखि खुमन अधिकारी, रामजी खाँण, शिरीष देवकोटा लगायतका कलाकारहरुले महोत्सवमा आफ्ना चर्चित गीतमार्फत स्रोता/दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेकाे सांस्कृतिक संयाेजक भीमबहादुर श्रेष्ठले बताउनुभयाे ।
त्यस्तै, चर्चित गायिका शान्तिश्री परियार, ज्योति मगर, मन्जु पौडेलदेखि पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानसम्मको प्रस्तुति दर्शकहरुले टुँडिखेलमा प्रत्यक्ष हेर्न र सुन्न पाउनेछन् । अन्य थुप्रै चर्चित कलाकारहरु पनि महोत्सवको आकर्षणका रुपमा रहनेछन्, जसका सांगीतिक प्रस्तुतिका साथमा दर्शकहरु झुम्न पाउनेछन् ।
महोत्सवमा पाल्पामा जन्मिएर कला क्षेत्रमा सक्रिय चर्चितदेखि स्थानीय कलाकारहरुलाई बढी प्राथमिकता दिइएको सांस्कृतिक संयोजक श्रेष्ठले बताउनुभयाे ।
भाेलि बिहीबार कसकाे प्रस्तुति रहने ?
महोत्सवको पहिलो दिन बिहीवार लोकगायक बसन्त लम्साल, अनु राना, कमल भट्टराई, यशोदा कार्की लगायतको प्रस्तुति रहनेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० २२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय