बुटवल - लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले आफ्नो निर्वाचन खर्च सार्वजनिक गर्नुभएको छ । पाल्पा तिनाउ गाउँपालिका-३ निवासी घर्तीमगरले २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भएकाे खर्चकाे विवरण सार्वजनिक गर्नुभएकाे हाे ।
घर्तीमगर पाल्पा निर्वाचन क्षेत्र नं. २(२)बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियाे । निर्वाचनमा उहाँले १३ लाख ८२ हजार रुपैया खर्च भएको बुधबार जानकारी दिनु भएको छ । सबैभन्दा बढी प्रचार प्रसार सामग्री खरिद छ्पाइमा ३ लाख खर्च भएको छ भने इन्धनमा १ लाख ८२ हजार, कार्यालय स्थापना, संचालन र प्रतिनिधि परिचालनमा २ लाख, सवारी साधन भाडामा लिदा २ लाख, अन्तरकृया गोष्ठीमा १ लाख, सन्चार माध्यमलाई बिज्ञापन १लाख, ब्यानर पानी औषधिसमेत १लाख, चिया नास्ता ५० हजार, ढुवानी १ लाख, मतदाता नामावली खरिद गर्दा ५० हजार रुपैया खर्च भएको सभामुखले जनाउनु भएको छ ।
खर्चको विवरण प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को उपदफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन आयोगमा यस अघि नै पेश गरिएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० २२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय