Erani Mahal
माथागढी गाउँपालिकाद्वारा सामुदायिक विद्यालयको अनुगमन
School
पाल्पा - माथागढी गाउँपालिकाले सामुदायिक विद्यालयको अनुगमन गरेकाे छ । शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अनुगमन गरिएकाे हाे । अनुगमनका क्रममा विद्यालयलाई शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरिएको छ । नयाँ शैक्षिक सत्रको प्रारम्भमा विद्यार्थी भर्ना अभियानको अवस्था बारे विद्यालयमा अनुगमनका लागि पुगेका गाउँपालिका अध्यक्ष यमबहादुर चिदीसहितको जनप्रतिनिधिको टोलीले यस्तो आग्रह गरेका हुन् । गाउँपालिका अध्यक्ष चिदीले सबैभन्दा पहिला विद्यालयमा समय अनुसारको गुणस्तरिय शिक्षा उपलब्ध गराउने वातावरण तयार गर्न सके विश्व बजारमा विक्ने शिक्षा स्थानीयस्तरमै पाउँदा विद्यार्थी र अभिभावक दुबै पक्षलाई सहज हुने बताउनुभयाे । उनका अनुसार शिक्षाको सुधारका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर परियोजना तथा कार्यक्रम सञ्चालन गरेको बताए । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक समन्वय र सहकार्यमा मात्र शिक्षाको सुधार सम्भव हुने अध्यक्ष चिदीको भनाइ छ । माथागढी गाउँपालिका भित्र ४१ वटा सामुदायिक विद्यालय रहेका छन् । यस बाहेक ४ वटा संस्थागत विद्यालय रहेको गाउँपालिकाका समाजिक विकास समितिका संयोजक तथा १ नं. वडाका वडाध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयाे । अनुगमनका क्रममा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या, शिक्षक दरबन्दी र विद्यालयका नविनतम कार्य र शिक्षक बीच छलफल गर्ने गरिएको संयोजक पन्थीको भनाइ छ । अहिले सामुदायिक विद्यालयमा विद्यार्थी संख्था कम रहेको पाइएको छ । विद्यालयको तह गत रुपमा कक्षा बढी अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षक कम हुँदा गुणस्तर कायम गर्न नसकेको अवस्था प्राप्त भएको संयोजक पन्थीले बताउनुभयाे । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी रहने भएकोले सोचेजस्तो शिक्षाको गुणस्तर नभएको गाउँपालिकाले जनाएको छ । अनुगमनमा प्राप्त तथ्यलाई आत्मसाथ गर्दै समुदायसंगको छलफलबाट शैक्षिक गुणस्तर वृद्धि संगै विद्यालय समायोजन,कक्षा कटौती र एकीकरण जस्ता काम गरिने साहारादेवी आधारभूत विद्यालय माथागढी ३ कसेनीको अनुगमनमा पुगेका गाउँपालिका अध्यक्ष चिदीले बताउनुभयाे । पहिलो चरणमा विद्यालर्थी, अभिभावक, शिक्षकसंग छलफल तथा गुणस्तर कायमका लागि आवश्यक गतिविधिमा जोड दिइएको उनको भनाइ रहेको छ । साहारदेवी आधारभूल विद्यालयमा अहिले २ सय ३ विद्यार्थी रहेका छन् । यस शैक्षिक सत्रमो २ सय ५० बनाउने विद्यालयको लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक भिमबहादुर थापाले बताउनुभयाे । विद्यालयले सिकाई उपलब्धी वृद्धिका लागि प्रत्येक शिक्षकसंग करार सम्झौता गर्ने गरेकोले जसबाट औसत उपलब्धी ८० प्रतिशत पूरा हुनेगरेको विद्यालयका प्रद्यानाध्यापक थापाको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update