Erani Mahal
चिदीपानीका जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन सुरु
Chi
पाल्पा - जिल्लाको माथागढी गाउँपालिकाका जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउन सुरु गरेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि सामुदायिक विद्यालयमै आफ्ना सन्तान पढाउने निर्णय भएको वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । उहाँका अनुसार यहि अभियान अन्तर्गत ज्ञानोदय आधारभूत विद्यालयमा दलित महिला सदस्य लिला कुमारी विकले आफ्नो बच्चालाई सोही विद्यालयमा भर्ना गरेको बताउनुभयो । समयमै भर्ना, समयमै ज्ञान्, गुणस्तरीय शिक्षा सबैको अभियान, भन्ने शैक्षिक नाराका साथ माथागढी गाउँपालिका १ चिदिपानी,एक्लेबर स्थित श्री ज्ञानोदय प्राथमिक विद्यालय ,एक्लेबर पाल्पामा शैक्षिक सत्र २०८० देखि बिधालयकाे स्तरोन्नती समेत गरि कक्षा ६ समेत सन्चालन भएको वडा अध्यक्ष पन्थीले बताउनुभयो । माथागढी १ चिदिपानीका महिला सदस्य ,जनप्रतिनिधि लिला कुमारी बिकको छाेरा छोरीलाइ नयाँ बिद्यार्थी तथा अभिभाबकलाई बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष राजकुमार पन्थीले स्वागत गर्नु भएको थियो। यस अघि पाँच जना विद्यार्थी भएर बन्द हुने अवस्थामा पुगेकाे विद्यालयकाे स्थान्तरण गरि नयाँ व्यवस्थापनकाे साथ संचालन गरिएपछि दुइ वर्षमै १ सय ५० बढी विद्यार्थी पुगेकाे पन्थीले बताउनुभयाे । विद्यालय व्यवस्थापनमा पन्थीकाे पहलमा अहिले नयाँ भवन सहित अंग्रेजी माध्यममा पढन पाठन सुरु गरिएकाे छ । साथै नयाँ भवनकाे लागि जग्गा व्यवस्थापन र भवन निर्माण समेत सुरु गरिएकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update