बिकाश काफ्ले - पाल्पाको माथागढी गाउँपालीकाका वाडमा नागरिक आरोग्य समिति गठन गरिएको छ। नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका २०७६ बुदा १२अनुसार सो समिति गठन गरिएको हो ।
समितिको संयोजकत्वमा वाड अध्यक्ष सदस्य सचिवमा चिदीपानी आयुर्बेद अौषधालयका प्रमुख अमृत भण्डारी रहेका समितिका सदस्यहरुमा स्वास्थ्य संस्थाका कार्यालय प्रमुख बिद्यालयका प्रधानाध्यापक गरि महिला स्वास्थ्य स्वयंसेवीक आमा समुहका प्रतिनिधि गिरी नौ सदस्य समिति गठन सोमबार गरिएको छ ।
संयोजक वाड अध्यक्ष तेज बहादुर घर्ती सदस्य कसेनी स्वास्थ्य चौकी प्रमुख पबिसरा चिदी दिव्यजोती नमुना माध्यमिक बिद्यालय प्रधानाध्यापक लोकेन्द्र थापा जल्पा देवी प्राथमिक बिद्यालयका प्रधानाध्यापक विभा यादव सिद्धबाबा प्राथमिक बिद्यालयका प्रधानाध्यापक सिर्जना ठाडा महिला स्वयंसेवीकाद्वरा प्रबाह आले ससीकला राना र कृष्णा घर्ती मगर आमा समुह प्रतिनिधिद्वरा लक्ष्मी राना र सोदा नेपाली स्थानीय समाजसेवीद्वरा दुवल सिं आले र डिल ब सुर्यबर्सी सदस्य सचिवमा अौषधालय प्रमुख अमृत भण्डारीलाई माथागढी ३ कसेनीको नागरिक आरोग्य समिति गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको गरेको छ।
नसर्ने रोगहरुविरुद्ध योग शिक्षा मार्फत ब्यापक जनचेतना फैलाउनका लागि समिति गठन गरिएको चिदीपानी आयुर्वेद अौषधालयका प्रमुख अमृत भण्डारीले बताउनुभयो । अहिले गाउँ समाजमा नसर्ने रोगहरुले डरलाग्दो रुपमा देखा परेको छ, उनले भने, हामीले उपचारभन्दा यसलाई रोकथाम गर्न सक्नु पर्छ । अौषधालय प्रमुख भण्डारीले बताउनुभयो।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय