पाल्पा – तानसेनको बाँसटारीमा दुई पाङ्ग्रे सवाारीसाधानको लाइसेन्सको ‘ट्रायल सेन्टर’ तयार भएको छ । पाल्पासहित यस भेगका सात जिल्लाका नागरिकलाई मुख्य प्राथमिकता राखेर साना सवारीसाधनको लाइसेन्स दिने गरी ‘ट्रायल सेन्टर’ निर्माण गरिएको हो ।
गत वर्ष २०७८ चैतदेखि निर्माण सुरु भएको ट्रायर सेन्टरको काम छ महिना ढिला गरी सम्पन्न भएको हो । गत २०७९ कात्तिक मसान्तभित्र काम सक्ने गरी अभि कनट्रक्सन रामपुर पाल्पासँग सम्झौता भएपनि ठेकेदारको कारणले छ महिना ढिला गरी ‘ट्रायल सेन्टर’ निर्माण सम्पन्न भएको यातायात व्यवस्था कार्यालय तानसेनका प्रमुख केशव सुनारले जानकारी दिनुभयो ।
लुम्विनी प्रदेश सरकारको ३४ लाख ७७ हजार लागतमा ट्रायल सेन्टर निर्माण भएको सुनारले जानकारी दिनुभयो । निर्माण व्यवसायीले ट्रायल सेन्टरको काम सकेको जनाएको छ अब कार्यालयलाई हस्तान्तरण गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
ट्रायल सेन्टरको निर्माण सम्पन्न भएपछि सोही स्थानबाट तत्कालै दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स दिने प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ । ‘हालका लागि दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स दिने गरी काम भएको छ निकट भविष्यमा चार पाङ्ग्रे सवारीसाधनको लाइसेन्स पनि यहाँबाटै वितरण गर्न सकिन्छ कार्यालय प्रमुख सुनारले भन्नुभयो ।’ १९ रोपनी जग्गा यातायात कार्यालयको भवन तथा अन्य संरचना बनाउन जग्गाको समेत व्यवस्था गरिएको तानसेन–७ का वडाअध्यक्ष प्रदीप खनालले बताउनुभयो ।
ट्रायल सेन्टर सञ्चालनपछि प्रत्यक्ष रुपमा पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, स्याङ्जाको केही भाग र अर्घाखाँचीका सेवाग्रहीसहित देशभरका नागरिकले समेत लाइसेन्स लिन सक्ने बताइएको छ । ट्रायल सेन्टरको भौतिक संरचना तयार भएपछि २०८० बैशाखभित्रै लाइसेन्स वितरणको काम पनि सुरु गरिने योजना रहेको छ ।
यसअघि साना सवारीसाधनको लााइसेन्सको «ायल दिन दुई/तीन दिन लगाएर बुटवल, काठमाडौँ, नेपालगन्जलगायतका स्थानत्रमा धाउनुपर्ने बाध्यता थियो । अब जिल्लाबाटै सेवा पाउने अवस्था बनेको स्थानीय बासिन्दाकाे भनाइ छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० ०८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय