पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–३, झुम्सा पुल नजिकै बस र स्कुटी आपसमा ठोक्किएको छ । स्कुटी र बस आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली–६, यम्घाका ४३ वर्षीय राजेन्द्र न्यौपानेको रहनुभएको प्रहरीले जनाएको छ ।
तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटी र पाल्पाबाट बुटतर्फ नै गइरहेकाे लु १ ख ४८४७ नम्बरको बस र स्कुटी शुक्रबार दिउँशो साढे १ बजेतिर ठोक्किएको हो । बसले स्कुटीलाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनापछि प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय