Erani Mahal
तानसेनकाे टहरा हटाउने विषय अदालतसम्म : अदालतले छलफलमा बाेलायाे
adalat
तानसेन – उच्च अदालत तुल्सीपुर बुटवल इजलाशले तानसेन नगरपालिकालाई छलफलमा लागि बोलाएको छ । तानसेनस्थित मख्खनटोलका ५७ घरटहरालाई हटाएको भन्दै उच्च अदालतले तानसेनलाई छलफलका लागि बोलाएको हो । यद्यपी नगरपालिकाले घरटहरा हटाउने अधिकांश काम सकिसकेको छ । उच्च अदालतले विपक्षीको माग अनुसार छलफलका लागि नगरपालिकालाई बोलाएको हो । छलफलका लागि अदालतले बोलाएपछि नगरपालिकाले हाललाई घरटहरामा डोजर लगाउने काम बन्द गरेको जनाएको छ । अदालतको आदेशपछि हाललाई घरटहरा हटाउने कार्य बन्द गरिएको तानसेनका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । भत्काइसकेका संरचनालाई व्यवस्थापन गर्ने विषयमा भने नगरपालिकाले हालसम्म प्रतिक्रिया दिएका छैन । अदालतको आदेश आउन सक्ने आशंकामा नगरपालिकाले सबै प्रक्रिया पूरा गरेर घरटहरा हटाएको नगरपालिकाको दावी छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले २०८० बैशाख ७ गते अदालतले नगरपालिकालाई छलफलका लागि बोलाएको बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update