Erani Mahal
विकाससँग जनताको उत्पादन जोडिनु पर्छ : मन्त्री आचार्य
341146497_6239763309423505_5238252697459311058_n
पाल्पा - लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा बिकास मन्त्री चेत नारायण आचार्यले बिकाससंगै जनताको उत्पादनमा जोडिनु पर्ने बताएका छन् । मन्त्री आचार्यले उक्त कुरा निस्दि गाउँपालिका वडा नम्बर -६,अर्चले र पुर्वखाेला गाउँपालिकाको वडानम्बर-१,सिलुवा पाल्पा जाेड्ने रेचेघाट पक्कि पुलको उद्घाटन कार्यक्रममा मंगलबार उहाँले उक्तकुरा बताउनुभएकाे हाे । उहाँले बिकासका हरेक गतिविधि जनतासंग जोडिन सक्यो भने बिकासका समग्र पक्षले सार्थकता पाउनेमा आफू विश्वासता रहेको समेत बताउनुभयाे । हाल सामाजिक संजाल लगायतका केही ठाउँहरुमा प्रदेशको बिरोध गरेको देखिए पनि स्थानीय सरकारबाट सम्भव हुन नसकेका बिकासका कामहरुमा प्रदेश सरकारको उपस्थितिले बिकासले गति लिएको समेत बताउनुभयाे । कार्यक्रममा पाल्पा क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले कृषिको निम्ति धेरै सम्भावना बोकेको पुर्वी पाल्पाको यस क्षेत्रमा प्रदेश सरकारकै सहयोगमा ४ वटा पक्की पुल निर्माण हुनु सुखद रहेकाे बताउनुभयो । आफू प्रदेशसभा सदस्य हुँदा पनि बिद्युत बिस्तार, सडक निर्माण,कृषि लगायतका क्षेत्रमा जोड दिइएको आचार्यको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले केन्द्र ,प्रदेश र स्थानीय सरकारको पहलमा बिकासका कार्यहरू अगाडि बढाइने बताउनुभयाे । भौतिक पुर्वाधार मन्त्रालयका सचिव अमृत श्रेष्ठ, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक भिमार्जुन पाण्डे लगायतले पुल निर्माण पछि यस क्षेत्रमा उत्पादित कृषि उपज लाई बजारीकरण गर्न सहज हुने बताउनुभयाे । पैदलमार्ग सहित २ लेण्ड रहेको उक्त पुल कुल ४ करोड ४८ लाख १० हजार ३ सय ७९ रुपैयाँको लागतमा निर्माणकार्य सम्पन्न भएको हो । पुल निर्माणका लागि जय नेपाल कम्पनी विवेक कुमार निर्माण सेवा प्रा. लि. स्याङ्जाले निर्माणकार्य जिम्मा लिएको हो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्वागत मन्तव्य राखिएको कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नून बहादुर थापाले पुल निर्माणकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयाे । कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक टंकनाथ खनालको अध्यक्षता भएको कार्यक्रमको संचालन निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update