Erani Mahal
सेनाको पदयात्रा टोली ऐतिहासिक भगवती मन्दिरमा (फाेटाे फिचर सहित)
K
पाल्पा - ऐतिहासिक गढी तथा किल्लाहरूको पदयात्रामा निस्केको नेपाली सेनाको टोली तानसेनको ऐतिहासिक भवगती मन्दिरमा आइपुगेको छ । नेपाल–अंग्रेज युद्धमा विजयी भएपश्चात तत्कालिन कर्णेल उजिरसिंह थापाले स्थापना गर्नुभएको भगवती मन्दिरमा पदयात्रा टोली मङ्गलबार आइपुगेको हो । पदयात्राको टोलीलाई तानसेनका नगर कार्यबहाक प्रमुख प्रतीक्षा सिंजाली, प्रवक्ता यादवसिंह कार्की, स्थानीय बासिन्दा, भगवती मन्दिर व्यवस्थापन समितिले स्वागत तथा सम्मान गरेको छ । गत २०७९ चैत २८ गते गोरखाबाट तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देही निस्केको पदयात्रा टोलीलाई तानसेनका स्थानीय बासिन्दाले अवीरमालासहित सम्मान गरेका थिए । सेनाको पदयात्रा टोलीले मङ्गलबार भगवती मन्दिर परिसरको यात्रा गर्दै टीका तथा प्रसाद ग्रहण समेत गरेका थिए । नेपाल–अंग्रेज युद्धका बेला स्थापित भएका ऐतिहासिक गढी तथा किल्लाको प्रचारप्रसार गर्ने, नेपाली जनतासँगको सम्बन्ध सुमधुर बनाउन, नेपाल एकीकरण र सेनाको वीरताको सन्देश जनतामाझ पु¥याउन पदयात्रा गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update