Erani Mahal
रम्भाकाे पीपलडाँडामा प्रहरीकाे नयाँ भवन बन्याे
ppp
पाल्पा – पिपलडाँडामा प्रहरीको सुबिधासम्पन्न भवन बनेको छ । भाडाको घरमा बसेर सेवा दिँदै आएको प्रहरीका लागि सुबिधासम्पन्न भवन बनेको हो । जिल्लाको रम्भा–३, पीपलडाँडामा प्रहरीका लागि भवन बनेको हो । लुम्विनी प्रदेश सरकारको एक करोड ९८ लाख लागतमा सुबिधासम्पन्न भवन बनेपछि प्रहरीले नयाँ भवनबाट सेवा दिन थालेको हो । भवन बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । [caption id="attachment_30744" align="alignnone" width="768"] भवनकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि । [/caption] भवन बनेपछि प्रहरीलाई भाडाको घरमा बस्नुपर्ने बाध्यता हटेको छ । रम्भा गाउँपालिकाको कार्यालय, विद्यालय, रम्भा बजार, पीपलडाँडालगायतका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने गरी २०७६ सालमा प्रहरी चौकीको स्थापना भएको थियो । चौकी स्थापना भएको तीन वर्षभित्र भवन बनेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । [caption id="attachment_30745" align="alignnone" width="768"] कार्यक्रममा सम्बाेधन गर्नुहुँदै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक उमेशराज जाेशी । [/caption] नयाँ भवनको उद्घाटन गर्नुहुँदै लुम्विनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले यस क्षेत्रका नागरिकलाई प्रहरीले दिने सेवा प्रभावकारी बन्ने बताउनुभयो । प्रहरी भनेको नागरिकको सबैखालको समस्या सुन्ने निकाय भएको बताउदै उहाँले प्रहरी हरपल नागरिकको सेवामा खट्ने बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जाल र मोबाइलका कारण घरमै अपराध हुने अवस्था रहेपनि मानिसले त्यसलाई न्युनीकरणमा ध्यान दिन नसकेको जोशीको भनाई छ । पहिलेको जस्तो मान्छेको जीवन सहज छैन उहाँले भन्नुभयो एउटै परिवार भएपनि परिवारका बीचमा समस्याबारे कुनै छलफल हुन नसकेको उहाँले बताउनुभयो । [caption id="attachment_30746" align="alignnone" width="768"] प्रमुख अतिथिलाइ प्रहरी नायव महानिरीक्षक जाेशीलाइ मायाकाे चिनाे प्रदान गर्नुहुँदै पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्मा । [/caption] स्थानीय बासिन्दाले पाँच रोपनी जग्गा दान गरेपछि प्रहरीको भवन बनाउन सहज भएको छ । प्रहरीको भवन बनाउन अन्यत्र स्थान अभावका कारण समस्या भएपनि रम्भामा स्थानीय बासिन्दाले भवन निर्माणमा धेरै सहयोग गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्व शर्माले बताउनुभयो । कार्यक्रममा प्रहरी चौकी स्थापना भएपछि रम्भालगायत आसपासका नागरिकले शान्तिको अनुभूति गर्न पाएको गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो । पूर्व बरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले भवन बनाउनका लागि सहयाेग गर्ने सबैलाइ धन्यवाद दिनुभयाे । कार्यक्रममा प्रहरी नायव उपरीक्षक ध्रुब अधिकारीले भवन निर्माणकाे पक्षमा जानकारी दिनुभएकाे थियाे । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले जिल्लामै प्रहरीको आधुनिक भवन बनेको उल्लेख गर्नुभयो । नयाँ भवनमा सञ्चार कक्ष, प्रहरी अधिकृत कक्ष, महिला र पुरुषको छुट्टै थुनुवा कक्ष, पुरुष र महिला प्रहरी बस्ने कोठा, भान्सा, सेवाग्रहीलाई सेवा दिने कक्षको समेत सञ्चालन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update