पाल्पा - निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका पाल्पा जोड्ने मोटरेबल पुल निर्माण सकिएकाे छ । पुलको उद्घाटन बैशाख ५ गते मंगलबार हुने भएको छ । मोटोरेबल पक्की पुल निर्माणकार्य सम्पन्न भए पश्चात् लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री चेत नारायण आचार्यले उद्घाटन गर्ने निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयाे ।
निस्दीखोलाको रेचेघाटमा लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयको आयोजनामा निर्माण भएको हो । निर्माणकार्य सम्पन्न गर्नका लागि कुल ४ करोड २८ लाख रुपैयाँको लागतमा निर्माणकार्य भएको हो । जय नेपाल कम्पनी विवेक कुमार निर्माण सेवा प्रा. लि. स्याङ्जाले निर्माणकार्य जिम्मा लिएको थियो ।
पैदलमार्ग सहित २ ल्याण्डको रहेको पुलको लम्बाई ४६ मिटर रहेको छ । २ गाउँपालिकालाई जोड्ने मोटरेबल पुल समयमै निर्माण भएपछि गाउँपालिकाका स्थानीय नागरिकहरु खुशी भएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १०:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय