Erani Mahal
पाल्पामा क्रियाशील गैससहरूसँग अन्तरक्रिया कार्यक्रम
340477331_6001808419872567_9080513392323288803_n
पाल्पा – पाल्पामा क्रियाशील गैरसरकारी संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पाल्पाको आयोजना र कारितास नेपालको व्यवस्थापनमा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले गैरसरकारी संस्थाहरूले आफ्नो कार्यक्रम कार्यान्वयन गर्नुअघि सरोकारवाला निकायलाई जानकारी दिएर मात्र गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरूले सरकारी रकमबाट गरेका कतिपय कार्यक्रम प्रचलित कानुन तथा ऐनविपरीत रहेकाले सच्याउनुपर्ने बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले गैरसकारी संस्थाहरू पारदर्शी, जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । खनालले सबैको सहभागी र सहभागितामा मात्र गैससले गर्ने कार्यक्रम दीगो बन्ने धारणा राख्नुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गैससहरु सरकारको सहयोगी संस्था बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले गैससले गरेका कार्यक्रमको जस लिने होड्बाजी चलेको भन्दै सेवाग्रहीले नै कार्यक्रमको अपनत्व लिने गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारी, प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ पाल्पाका प्रमुख दिपक भट्टराई, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु चिकित्सक नविन बस्याल, गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशील १३ वटा संस्थाहरूले चालु आवमा गरेका काम तथा गतिविधिका कारेमा जानकारी गराएका थिए । कार्यक्रम समन्वय समितिकी उपप्रमुख काशिका गैरेकाे स्वागत र समन्वय अधिकारी जनार्दन अधिकारीकाे संचालनमा सम्पन्न भएकाे हाे । कार्यक्रममा कारितास नेपाल, हेफर नेपाल, बेस नेपाल, दलित उत्थान विकास केन्द्र, पाल्पा विकास केन्द्र, ग्रामीण अार्थिक विकास संघ रेडा, सामाजिक स्राेत विकास केन्द्र नेपाल, समाज उत्थान सहयाेग केन्द्र देवीनगरलगायतले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update