पाल्पा – ११ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन–११, गाँबुडाँडा बस्ने ३७ वर्षका लिलाबहादुर बस्याल रहेका छन् । उनले तानसेन–१० बस्ने ११ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
गएको चैत २२ गते राति नौँ बजेतिर ती बालिकालाई आरोपी पुरुषले जबर्जस्ती गरेको प्रहरीमा उजुरी परेको थियो । उजुरी पर्नासाथ उनलाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ २१:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय