Erani Mahal
चिदीपानीले शैक्षिक उत्प्रेणा बढाउन शिक्षक, विद्यार्थी र अभिभावकलाइ प्रशिक्षण दिने
2-Online-1
पाल्पा - माथागढी गाउँपालिका वडा न १ चिदीपानी वडा कार्यालयको आयोजनामा शैक्षिक उत्प्रेणा बढाउन शिक्षक, विद्यार्थी र अभिभावकलाइ प्रशिक्षण दिने भएकाे छ । सौभाग्य माबिको सह आयोजनामा चिदीपानी स्थित ७ वटा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई उत्प्रेरणा विकास सम्बन्धि प्रशिक्षण दिने भएको वडा अध्यक्ष एवम् शाैभाग्य मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयाे । विद्यालयहरुको गुणस्तर सुधार र सरकारी विद्यालय अभिभावक विद्यार्थिको आकर्षणको केन्द्र बनाउनका लागि शिक्षक विद्यार्थी र अभिभावकको भूमिका रहनेभएकाले विद्यालय उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिन लागिएको वडा अध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो । यहि चैत्र २७ र २८ गते दुईदिनसम्म संचालन हुने प्रशिक्षण उत्प्रेरण सम्बन्धि प्रशिक्षक डा. तारा प्रसाद गिरीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ। विद्यालय सुधार गर्न विद्यार्थी, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहने भएकोले यो प्रशिक्षण उपलब्धि मुलक हुने सौभाग्य माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद खनालले बताउनुभयो । कलिला बालबालिकालाई सही शिक्षा र संस्कार , परिवार, समाज र देशमा सकारात्मक परिवर्तन अभिभावक, शिक्षक र विद्यार्थीले पूरा गर्नुपर्ने दायित्व, उनीहरूले दैनिक सुधार गर्नुपर्ने आनीबानी, महान व्यक्तिका जीवनबाट पाइने शिक्षाका बारेमा महत्त्वपूर्ण प्रशिक्षण हुनेछ । प्रशिक्षणमा विद्यालयहरुका कक्षा ८, ९, १०, ११ र १२ का विद्यार्थी,अभिभावक तथा शिक्षक स्टाफ सहभागी हुनेछन्।जसमा सौभाग्य मा बि,जाउपोखरा आधारभुत विद्यालय,आदर्श आधारभुतअ विद्यालय,ज्ञानोदय प्राबि,नबजागृत प्रा बि र भुपति प्राबि बाट अभिभावक शिक्षक विद्यार्थी सहभागी हुने कार्यक्रम सौभाग्य माबि चिदीपानीमा हुनेछ।जसलाई २७ गते विद्यार्थी २८ गते शिक्षक स्टाफ अभिभावक सहभागी हुनेछन।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update