Erani Mahal
सामुदायिक रेडियाे मदनपाेखराकाे वार्षिकाेत्सव सम्पन्न
crm
पाल्पा – सामुदायिक रेडियो मदनपाेखराले पच्चिसाैँ वार्षिकाेत्सव मनाएकाे छ । वार्षिकाेत्सवकाे अवसरमा भएकाे कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले रेडियाेले विगतदेखि नै खेलेकाे भूमिका प्रशंसनीय रहेकाे बताउनुभयाे । उहाँले विकृति विसंगतिका बिरूद्धमा आवाज उठाउने रेडियाे जनताकाे सदैव प्याराे बन्ने उल्लेख गर्नुभयाे । प्रमुख खनालले हरेक नागरिकका बीचमा लाेकप्रिय बनेर रेडियाे स्थापित भएकाे बताउनुभयाे । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले विगतकाे गाैरवपूर्ण इतिहास रेडियाेले आगामी दिनमा पनि कायम गर्नेमा विस्वास गर्नुभयाे । सारेमका कार्यकारी निर्देशक गुणाकर अर्यालले रेडियोले सम्पादन गरेका विविध क्रियाकलापलाई प्रस्तुत गर्नुभयो । विगतको सङ्घर्षशील अवस्थालाई अवगत गराउनुका साथै श्राेताकाे मानसिकता र समाजको आवश्यकतालाई बुझेर सूचना र ज्ञानमूलक सामग्री प्रस्तुत गर्न थप चुनाैती रहेको आसय उहाँको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायतले बाेली पत्रिकाकाे विमाेचन गर्नुभयो । कार्यक्रममा कृषि, उद्यमशीलता, शिक्षा र लाेक संस्कृतिको संरक्षणमा याेगदान गरेका व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको थियोे । कार्यक्रममा डा. टंकप्रसाद पन्थले सारेमले सूचना सम्प्रेषण गर्न र जनचेतना जगाउन खेलेको भूमिकालाई स्मरण गर्दै रेडियोप्रति शुभेच्छा भाव व्यक्त भएको कवितासमेत वाचन गर्नुभयो । कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल, शारदा माविका प्रधानाध्यापक खेमराज न्याैपाने, कमलेश्वर शिव गणका संयाेजक धनपति गैरे, टाेल विकास संस्थाका अध्यक्ष सन्ताेष पृथी, उमा खनाललगायतले शुभकामना दिनुभएकाे थियाे । कार्यक्रममा स्वागत रेडियाे संचालक समितिका सचिव राजेशकुमार अर्यालले गर्नुभएकाे थियाे । कार्यक्रम संचालन समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीकाे अध्यक्षता, रीमा साेमै र विजयकुमार बाैडेलकाे संचालनमा सम्पन्न भएकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update