Erani Mahal
ट्राफिक नियम पालना गराउन सवारी चालकलाई रोडमै सचेतना
tr
पाल्पा - ट्राफिक नियम पालनामा इलाका प्रहरी कार्यालय रामपुरको प्रहरीले सचेतना बढाएको छ । पाल्पाको रामपुर क्षेत्रका सवारी गुडाइरहेका चालकको अबलोकन अनुगमन गरी प्रहरीले हुनसक्ने सवारी दुर्घटनाबाट जोगाउन सचेत गराएको हो । पछिल्लो समय कालीगण्डकी करिडोर सहित पक्की सडकमा साना ठुला सवारी दुर्घटना बढ्दै गएपछि सवारी चलाइरहेका चालकमा ट्राफिक नियम सवारी अबस्थाबारे जानकारी बढाएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले बताउनुभयो । चालकले बजारको बिचमा सवारी हाक्ने, जथाभावी पार्किङ गर्ने, मोटरसाइकल चालकले हेलमेटको सही प्रयोग नगर्ने (टाउकोमा अडाउने, टाइट नबाध्ने, खुला छोड्ने) जस्ता समस्या देखिएकोमा चेकजाच गरिएको प्रहरीले जनाएको छ । केही दिन अघि हेलमेट राम्रो गरी नलगाएकै खण्डमा पिच सडकमा कान तर्पmको भाग घसारिने गरि मोटसाइकल दुर्घटना भयो, सानो लापरबाहीले पनि ज्यानै जान सक्ने दुर्घटना हुने हुँदा सचेत गराईको प्रहरी निरिक्षक देवकोटाले बताउनुभयो । प्रहरीले नियम मिचेर सवारी चलाउने चालकलाई एकपटक सचेत गराइएको हो भने नियमपुर्वक सावधानी अपनाउन सुझाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update