देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा आवध्द हुने भएका छन् । मालपोत कार्यालयहरुमा लागू भएको भू राजस्व सूचना प्रणालीवाट सवै मालपोत कार्यालय जोडिने र यसवाट सेवाग्राहीहरुले सहज रुपमा सेवा पाउने कुरा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बताएका छन्।
मन्त्रालयले विद्युतीय प्रणालीमा आवध्द नभएका कार्यालयहरुलाई बैशाख २ र आषाढ मसान्त गरि दुई चरणमा यो काम सम्पन्न गर्न निर्देशन दिएको छ । भएको भू राजस्व सूचना प्रणालीको प्रयोगले सेवाग्राहीले सहज रुपमा सेवा पाउने अभिलेख प्रणाली व्यवस्थित हुने कुरा मन्त्रालयले जनाएको छ ।
भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतिले सवै कार्यालयहरुले विद्युतीय सूचना प्रणालीको प्रयोग गरि सेवा प्रवाहलाई चुस्त र सदाचारयुक्त बनाउन निर्देशन दिए ।
जूम प्रणाली वाट संचालित सो कार्यक्रममा विभागका सूचना प्रविधि निर्देशक राजकुमार महर्जनले सूचना प्रविधिको प्रयोगमा आउने प्राविधिक समस्या विभागले तत्काल समाधार गरिदिने वताए । सचिव डा दामोदर रेग्मीले मन्त्रालयको जिम्मेवारी लिए पछि मालपोत र नापी कार्यालयका कर्मचारीहरु संग नियमित सम्पर्क गरि कामलाइ चुस्त वनाउन समन्वय संयन्त्रलाई प्रभावकारी वनाउन जुम मार्फत सचिव संग कार्यालय प्रमुख कार्यक्रम संचालन गर्दै आएका छन् ।
यसले मालपोत र नापी प्नशासनका कामहरु व्यवस्थित हुदै गैरहेका छन् । यसको साथै बैंकमा जग्गा रोक्का राख्ने प्रणाली पनि अव अनलाइनबाटै हुने भएको छ । विभागले यसअघि मेगा बैंक संग यस्तो सम्झौता गरिसकेको थियो अव प्राइम बैंक कर्मचारी संचय कोष राष्ट्रिय बाणिज्य बैक र अरु वैकहरुपनि यसमा आवध्द हुदै छन्।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ २०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय