Erani Mahal
चौतारीको लेखा तालिम
5 - Copy
पाल्पा - प्रेस चाैतारी पाल्पाले लेखा सम्बन्धी तालिम गरेकाे छ । संगठनका अध्यक्ष र काेषाध्यक्षलाइ तालिम दिइएकाे हाे । लुम्बिनी प्रदेशका ११ जिल्ला र प्रदेश कमिटीका २५ जना पदाधिकारीहरुको सहभागिता रहेको तालिममा लेखाको परिचय, लेखाको इतिहास, अवधारणा र सिद्धान्त,लेखा प्रणाली, कार्यालय व्यवस्थापन विषयमा जानकारी दिइएकाे थियाे । तालिममा दिवाकर अर्याल, डा.रामबहादुर राउत, हिरामान लाम, गुराँस आत्रेय, किरण कौशलले सहजीकरण गर्नुभयाे । प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले लेखा व्यवस्थापन तालिमले अर्थराजीतिमा महत्वपूर्ण भूमिका खेल्ने साे अवसरमा बताउनुभयाे । हरेक पत्रकार आर्थिक रुपमा सवल, पारदर्शी र व्यवस्थित हुन सकेमात्र सम्वृद्ध राज्य निर्माणमा योगदान गर्न सकिने उहाँले बताउनुभयाे । तालिमम समापनमा सहभागीहरुलाई केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रम प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपानेको संचालन तथा कृष्ण कार्कीको अध्यक्षतामा भएको हो ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update