Erani Mahal
परामर्शदाता र साथी शिक्षकलाई अभिमुखीकरण
fpan
पाल्पा - नेपाल परिवार नियोजन संघ पाल्पा शाखा अन्तर्गतका सामुदायिक परामर्शदाता र साथी शिक्षकहरुका लागि एकीकृत प्रजनन स्वास्थ्य सेवा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार तानसेनमा सम्पन्न भएको छ । तानसेन नगरपालिका अन्तर्गतका तेल्घा, अर्गली, बौघागुम्हा, बौघापोखराथोक, मदनपोखरा, बगनासकाली गाउँपालिकाको चिर्तुङधारा, पोखराथोक, खानीछाप, दर्लमडाँडा, चापपानी, बराङदी, खानीगाउँ, माथागढी गाउँपालिकाको कसेनी, रुप्सेका गरी २० जना सामुदायिक परामर्शदाताको सहभागिता रहेको थियो । तानसेन नगरपालिकाबाट यौनिक अल्पसंख्यक र रिब्दीकोट गाउँपालिकाको देउराली र फेक, तिनाउ गाउँपालिकाको मस्यामबाट समेत सामुदायिक परामर्शदाता र साथी शिक्षकको सहभागिता रहेको थियो । पाल्पा जिल्लाभर एचआईभी संक्रमित, यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरुको बीचमा एकीकृत प्रजनन स्वास्थ्य सेवाको पहुँच बिस्तारका कार्यक्रम आयोजना गरेको हो । जिल्लाभरका एचआईभी संक्रमित र लक्षित समुदायका बीच परिवार नियोजन, सुरक्षित गर्भपत, यौनरोग व्यवस्थपान, बाँझोपनाको उपचार तथा व्यवस्थापन, ज्येष्ठ नागरिक र किशोरकिशोरीहरुको बीचमा प्रजनन स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि सामुदायिक परामर्शदाताहरुसँग छलफल गरिएको शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताउनुभयो । कार्यक्रममा नेपाल परिवार नियोजन संघका कार्यसमिति सदस्य माधव अर्याल, उमानाथ न्यौपाने, स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत टिकाराम अधिकारी, सहभागी भक्त खनाल लगायत, परिवार नियोजन संघका सुपरभाइजर लेखनाथ ढकाल लगायतले यौन तथा प्रजनन स्वास्थ्य, एचआईभी संक्रमित, अपांगता भएकाहरुका साथै किशोरकिशोरीका लागि थप सेवा बिस्तार गर्न अभिमुखीकरणले सहयोग पुग्ने बताउनुभएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update