पाल्पा - लक्ष्मी बैंक लिमिटेट रामपुर पाल्पाको आयोजनामा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सदावर्तद्वारा आफ्ना ग्राहकलाई वित्तीय साक्षरता सम्वन्धी कार्याक्रम सम्पन्न गरेको हो ।
ग्लोबल मनी वीक २०२३ अन्तर्गत लक्ष्मी लघुवित्त वित्तीय संस्था सदावर्त शाखाले रामपुर नगरपालिका वडा नं २ का वडा सदस्य शिव शंकर जि सी को अध्यक्षतामा वितिय साक्षरता सम्वन्धी कार्याक्रम सम्पन्न गरेको हो ।
विश्व वितिय सप्ताह २०२३ वितीय क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले चैत्र ६ गते देखि १२ गते सम्म देशभर विभिन्न कार्यक्रम गरी मनाई रहेको शाखा प्रमुख अमर राज जोशीले बताउनु भएको छ । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत लक्ष्मी लघुवित्त वित्तिय संस्थाले आफ्ना सदस्य लाई वैक तथा वित्तिय संस्था सम्बन्धि जानकारी गराउनुका साथै बचत तथा कर्जा उपयोगिताको बारेमा जानकारी गराइएको छ ।
कर्जा को सदुपयोग गरौ, उद्यमशील बनौ भन्ने मुल उद्देश्य सहित आयोजना गरिएको कार्यक्रममा सदस्यहरुलाई वैकिङ प्रणाली, डिजिटल वैकिङ, वैक तथा वितिय संस्थाको कर्जा प्रणाली लगायतका विषयमा जानकारी गराइएको शाखा प्रमुख जोशीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय