पाल्पा - नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी गाउँपालिका पाल्पाको दोस्रो गाउँ परिषद सम्पन्न भएको छ । गाउँ परिषदको अवसरमा पालिकाका शिक्षक सेवामा स्थायी सिफारिस हुने २६ जना शिक्षक तथा शिक्षिकाहरु तथा २ जना बढुवा हुने शिक्षकहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद नारायण प्रसाद आचार्यले वर्तमान समय प्रविधिक र व्यवहारिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो । र्यक्रममा सांसद आचार्यले यस अघि विद्यालयको भैतिक बिकासमा जोड दिएको बताउनु हुँदै अब शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकहरुको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाका अध्यक्ष मोहन सापकोटाले शिक्षकहरुको हकहितका लागि विगतमा शिक्षकहरुको भूमिका सकारात्मक रहेको बताउनुभयो ।
अध्यक्ष सापकोटाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन सरकारले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले गाउँ शिक्षा ऐन बनाउन थालिएको बताउनु हुँदै शिक्षकको विषयगत तालिमका साथै अभिभावक शिक्षा कार्यक्रम सन्चालन गर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा संयोजक नर बहादुर थापा,संगठनका केन्द्रिय प्रतिनिधि केशब के.सी . लगायतकाले बोल्नु भएको थियो । परिषदले निस्दी संगठनका अध्यक्ष लोक बहादुर सारुको संगठनिक र आर्थिक प्रतिवेदनलाई अनुमोदन समेत गरेको छ ।
संगठनका उपाध्यक्ष खेम बहादुर सारुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन सचिब केश बहादुर सुनारीले गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ १७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय