Erani Mahal
जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगिता सुरू
IMG_4401
पाल्पा – पाल्पामा जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माथागढीको सराईमा सुरु भएको छ । दुई नगरपालिका र ८ गाउँपालिका स्तरीय प्रतियोगितबाट छनौट भएका खेलाडीबीच जिल्लाा स्तरीय प्रतियोगिता भएको हो । प्रतियोगितामा छात्राछात्रबीच एथलेक्टिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्डोलगायतका खेल हुनेछ । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । आइतबारबाट सुरु भएको खेलकुद प्रतियोगितामा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । खेल उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सदस्य आचार्यले पालिका स्तरमा रहेका खेलमैदानको स्तरउन्नति गर्दै सदरमुकाम केन्द्रीत खेल प्रतियोगितालाई ग्रामीण क्षेत्रमा आयोजन गर्न आफ्नो पहल रहने बताउनुभयो । माथागढी र तानसेनका माडी क्षेत्रलाई समेटेर जिल्लाकै नमूना खेलमैदान निर्माण गर्न सकिने धारणाा उहाँले राख्र्नुभयो । उद्घाटन समारोहमा विभिन्न समूहबाट बाजागाजा र झाँकीसहित र्यालीले सराई बजार परिक्रमा गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, लुम्विनी प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव दिपक नेपाल, माथागढी गाउँपालिका वडा नं. ३ का अध्यक्ष तेजबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानालगायतले प्रतियोगिता सफलताको शुभकामना दिनुभएको थियो । उद्घाटन कार्यक्रमको जिल्ला खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष दिपक घिमिरेको अध्यक्षता, सुनिल कार्कीको स्वागत, भरत शर्माको संचालनमा भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update