पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा एकीकृत घुम्ती सेवा सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयबाट हुने सम्पूर्ण सेवा तथा सुबिधाहरु वडामा आएर सन्चालन गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ । सोमबार १ दिन अर्चलेमा सन्चालन भएको एकीकृत घुम्ती सेवामा ७५ वर्ष माथिका ३९ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको वडाध्यक्ष मेख बहादुर सुनारीले जानकारी दिनुभयो ।
यसैगरी ४४ घरपरिवारलाई गरिब घर परिवार परिचय पत्र वितरण गरिएको छ भने ६ जनालाई अपंगता परिचय पत्र वितरण गरिएको छ । घुम्ती कार्यक्रममा नयाँ व्यवसाय दर्ता २ वटा, नविकरण ९ वटा, आयुर्वेदिक सेवा ४८ वटा र योजना सम्झौता ९ वटा भएको वडाध्यक्ष सुनारीले बताउनुभयो । साथै आर्थिक २०७९/०८० को प्रधानमन्त्री रोजगार अन्तर्गतको कार्यक्रमको शुभारम्भ र योजना सन्चालन सम्बन्धि अभिमुखिकरण समेत गरिएको छ ।
माघ ११ गते वडा नम्बर-१,वाकामलाङ्गको वडा कार्यालय देखि घुम्ती सेवा सन्चालन गरेको निस्दीले मंगलबार अन्तिम दिन वडा नम्बर-७,ज्यामिरेमा सन्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९ ०८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय