पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६, अर्चले, पाल्पामा अपांगता सम्बन्धि सचेतना तालम सम्पन्न भएको छ । देउराली सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्था निस्दी-६,अर्चले, पाल्पाको आयोजना र निस्दी गाउँपालिका, पाल्पाको आर्थिक सहयोगमा तालिम सन्चालन भएको हो ।
जेठ २५ र २६ गते सन्चालन भएको तालिममा ५७ जनाको सहभागिता रहेको थियो।तालिममा अपांगताको किसिम, अपांगताको कारण,रोकथाम बारे जानकारी गराइएको थियो । त्यसैगरी अपांगता कार्यबिधी,कानुन बारे समेत जानकारी गराइएको तालिमको सहजीकरण सिबीआर पाल्पाका कृष्ण गहतराजले गर्नुभएको हो ।
संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा चलेको तालिम समापन समारोहका प्रमुख अतिथी वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको थियो।कार्यक्रममा बोल्दै वडाध्यक्ष सुनारीले अपांगता भएकाले पनि आफ्नो सीपलाई सदुपयोग गर्नुपर्ने भन्दै अभिभावकले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
समापन कार्यक्रममा वडा सदस्य मिम्श्री बयम्बु, सिबीआर पाल्पाका कृष्ण गहतराज, गाउँ अपांगता पुनःस्थापन समितिका अध्यक्ष तोल बहादुर राई लगायतकाले बोल्नुभएको थियो ।