Erani Mahal
आपसी सहकार्य गरी सामाजिक कार्यमा लाग्नुपर्ने : प्रदेश सभा सदस्य श्रेष्ठ
ा ब
पाल्पा - लुम्बिनी प्रदेश सभा सदस्य संसद राजु प्रसाद श्रेष्ठले आपसी सहकार्य गरी सामाजिक कार्यमा लाग्नुपर्ने बताउनुभएको छ । संसद श्रेष्ठले देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निस्दी-६,अर्चलेको १६ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । उहाँले सामाजिक तथा आर्थिक बिकासमा सहकारीको महत्त्वपूर्ण भूमिका रहने बताउनु हुँदै यसमा आफुले पनि आवश्यक योजना बनाइ अघि बढ्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले सामाजिक जीवन पद्धति सामूहिक सोच र संस्कृतिको शुरूवात सहकारीबाट हुने बताउनुभयो । यसैगरी वडा नम्बर-६,अर्चले वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले सहकारीको मुख्य भावना र सिद्धान्त पालना गर्ने सहकारी रहेको बताउनु हुँदै संस्थाको कर्जालाई उद्देश्य अनुरुप सन्चालन गर्न सुझाव दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य मिम्श्री बयम्बु, वडा सचिब मिन बहादुर राना,बलु गैरे लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष टेक बहादुर सोमैले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष सिर्जना खण्डलुले ४ करोड ४३ लाख ७८ हजार १४५ रुपैयाँ बराबरको आर्थिक आम्दानी तथा खर्च प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता,उत्कृष्ट उद्धमी,जेष्ठ शेयर सदस्यहरुलाई सम्मान तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । गोरखनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा सन्चालन भएको कार्यक्रम मा हाल अधिवेशनको लागि बन्द शत्र चलिरहेको संस्थाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update