पाल्पा - पूर्वखोला गाउँपालिका शिक्षा शाखाको आयोजनामा पूर्वखोला गाउँपालिका भित्रका माबि विद्यालयहरूकाे बीचमा स्तरीय वक्तृत्वकता प्रतियाेगिता सम्पन्न भएकाे छ । पूर्वखोला गाउँपालिका भित्रका ७ वटा बिद्यालयका ११ जना सहभागी प्रतियाेगितामा महिला हिंसा न्युनिकरण आजको अवश्यकता भन्ने शिर्षकमा वक्तृत्वकता प्रतियाेगिता भएकाे थियाे ।
प्रतियाेगितामा पूर्वखोला -३ रिङ्नेरह उद्ध्बुद्ध माविकी आकृती न्यौपाने प्रथम, पूर्वखोला -२ जल्पा सरस्वती माविकी सन्ध्या नेपाली द्वतीय, पूर्वखोला -४ देबिनगर मातृभुमी माविकी समीक्षा सिजाली र उद्धबुद्ध माविका रबिन न्यौपाने तृतिय भएका छन् ।
यस्तै वडा नं. ५ बिरकोटस्थित गणपती माविकी तारा सिजाली सान्तवना भएकी छिन् । कार्यक्रम पूर्वखोला गाउँपालिका -५ बिरकोट गणपती माध्यमिक बिद्यालयमा भएको हो । कार्यक्रम सहभागी बिद्यार्थिलाइ पुरुस्कार मेडल र प्रमाणपत्र गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गर्नुभयाे ।
अध्यक्ष थापाले रचनात्मक कार्य र निर्धक्कसंग आफ्ना भनाइ राखेकोमा शुभकामना तथा बधाइ दिनु भएको थियो । कार्यक्रमा पूर्वखोला गाउँपालिका स्रोत ब्यक्ति टेकबहादुर खत्रीले गाउँपालिका भित्र भएका यस्ता कार्यक्रमले बिद्यार्थिको मनोबैज्ञानिक र सामाजिक न्यायको चेतना प्रदान गर्न सहयाेग पुग्ने बताउनुभयाे ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा न ५ वडा अध्यक्ष धन बहादुर सिंजालीको अध्यक्षतामा भएकाे थियाे ।