Erani Mahal
पूर्वखोलाको उद्बुद्ध माविको ७२ औं बार्षिक उत्सव
udbb
पाल्पा– जिल्लाको पूर्वखोलामा रहेको उद्बुद्ध माध्यमिक विद्यालय पूर्वखोला–३ रिग्नेरहको ७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ ।कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्व समितिका प्रमुख टंक नाथ खनालले विद्यालयको ७२ औं बार्षिकोत्सवको अबसरमा शुभकामना मन्तव्य दिदै विद्यालयले दक्ष र उर्जाशिल विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभयो । विद्यालयका प्रधानाद्यापक लोकहरी देवकोटाले करिब ३ करोड बराबरको आय– व्याय प्रस्तुत गर्नु भयो । प्रधानाध्यापक देवकोटाले विद्यालयमा हाल ६९१ जना विद्यार्थीले अध्यन गरेको र ४३ जना शिक्षक स्टाफ रहेको समेत बताउनु भयो । कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले उद्बुद्ध मावि पालिकाको नै पहिलो र पालिकको केन्द्रमा रहेकोले गुरस्तरमा सदैव अग्रसर रुपले अघि बढ्ने बताउदै विद्यालयको उत्तर उत्तर प्रगतिको कामना सहित विद्यालयको ७२ औं बार्षिकोत्सवको अबसरमा शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई, पूर्व वडा अध्यक्ष निलकण्ठ भट्टराई, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षक प्रतिनिधि लगायत विभिन्न व्यक्तीहरुले विद्यालयको ७२ औं बार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षता तथा साहेक प्रधानाध्यापक पिताम्बर न्यौपाने र विद्यार्थी स्मारिका काम्मुको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विद्यालयले २ जना विद्यार्थीको अभिभाक चित्र बहादुर दिशा र गिता देवी आचार्यलाई तथा पूर्व विद्यालयका शिक्षक नारायण प्रसाद न्यौपाने, सविन ढुङाना, रिता अधिकारीलाई सम्मेत सम्मान गरेको थियो । पूर्वखोला ग्लोबल आईएमई बैंकले ६ बर्षसम्म बार्षिक १२ हजारका दरले हेमा काम्मुलाई छात्राबृत्ति बैंकका प्रमुख सुमन राउतले प्रदान गर्नुभयो । बार्षिक उत्सवको अबसर अन्तरपालिका स्तरीय भलिवल खेलमा प्रथम जनमार्ग मावि सिलुवा, द्वितीय उद्बुद्ध मावि र तृतीय गणपती मावि वीरकोटका विद्यार्थी खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यालयमा अध्यनरत विद्यार्थीहरु छ्नोट गरी विभिन्न विधाको छात्राबृत्ती समेत प्रधान गरिएको थियो । ७२ औं बार्षिकोत्सवको अबसर पारेर विद्यार्थी तथा शिक्षक हरुले सांस्कृतिक प्रस्तुति समेत रहेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक सुशील न्यौपानेले गर्नु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update