पाल्पा - निस्दी गाउँपालिका पाल्पामा रहेका सार्वजनिक पद धारण गर्ने व्यक्ति बाल बिबाहको भोजमा सरिक नहुने भएको छ । बढ्दो बाल बिबाहलाई न्यूनीकरण गर्नको लागि गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ ।
बाल बिबाह सामाजिक समस्या रहेको र बाल बिबाहलाई निरुत्साहित गर्न गाउँपालिका भित्रका कार्यालयहरुमा निमन्त्रणा आएमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, जनप्रतिनिधिहरु त्यस्ता भोज कार्यक्रममा उपस्थित नजनाउने प्रवक्ता मेख बहादुर सुनारीको जानकारी गराउनु भएको छ ।
ग्रामीण स्तरमा रहेका बालबालिकाहरु विद्यालय उमेरमै बिबाह गरेको र त्यसको प्रत्यक्ष प्रभाव स्वयं विद्यार्थीलाई र विद्यालयलाई परेको बालमैत्री स्थानीय शासन परामर्शदाता कुश्माखर पाण्डेले बताउनुभयो । त्यस सम्बन्धि विद्यार्थीहरुलाई जानकारी गराउनका लागि निस्दीका आधारभूत र माध्यमिक तह विद्यालयहरुमा अभिमुखीकरण कार्यक्रम सन्चालन गरिएको पाण्डेले बताउनुभयो । गाउँपालिकामा रहेका प्रत्येक विद्यालयहरुमा बाल क्लब गठन गर्ने र बाल क्लब मार्फत कार्यक्रम कार्यान्वयन गरिने शिक्षा संयोजक नर बहादुर सुनारीको भनाइ रहेको छ ।
उक्त कार्यक्रम अनुसार मंसिर १४ गते वडा नम्बर-६,अर्चलेका दुई विद्यालयहरु गोरखनाथ माध्यमिक विद्यालय र सिन्दुर आधारभूत विद्यालयमा बाल बिबाह र न्यूनीकरण सम्बन्धि अभिमुखीकारण कार्यक्रम सन्चालन भएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ १९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय