विजयकुमार बौडेल,
पाल्पा – दमकडा नमुना माध्यमिक विद्यालय तानसेन– ९, दमकडालाई जर्मनीको रोटरिक्लबद्धारा संकलित १२ लाख ४३ हजार रुपैंया पाप्त भएको छ । पाल्पामा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्ने उपकरण अर्विट रिडर, डिस्प्ले प्लेयर, कम्प्युटर, ल्यापटपलगायतका सामग्री खरिदका लागि सहयोग रकम प्राप्त भएको हो ।
जर्मनीको रोटरिक्लब बाट संकलन गरेको १० हजार युरो अर्थात नेपाली रुपैयाँ १२ लाख ४३ हजार विद्यालयलाई प्राप्त भएको दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जर्मनी बाट विद्यालयमा सहयोग गर्न चौथो पटक आउनु भएका भोल्कर र सहजिकरण गर्ने समाजसेवी शंकर प्रसाद पाण्डेयलाई विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्दै मायाको चिनोले सम्मान समेत गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय