विजयकुमार बौडेल,
पाल्पा – पाल्पा च्याम्पियन्स ट्रफी २०७९ क्रिकेट प्रतियोगिता दमकडामा सुरु भएको छ । दमकडा क्रिकेट क्लबद्धारा आयोजित प्रतियोगिताको १२ औं संस्करण दमकडा खेल मैदानमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजेश कुमार अर्यालले दमकडामा हुने क्रिकेट प्रतियोगिताले युवालाइ अनुशासनको पाठ सिकाएको बताउनुभयो । वडाध्यक्ष अर्यालले खेलमार्फत यूवाहरुलाई शारीरिक, मानसिक र सामाजिक क्षेत्रमा समेत अग्रसर बनाएको बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन सत्रमा दमकडा माध्यमिक विद्यालयका खेलप्रेमी शिक्षक धनपती गैरेले १२ औं बर्षसम्म लगातार प्रतियोगिता आयोजना हुनु चुनौतिपुर्ण संघर्ष भएको बताउनुभयो । सोमबार भएको प्रतियोगिताको पहिलो दिनको खेलमा करुवा ब्वाईज र गेंझा क्रिकेट क्लब विजयी भएका छन् । पाल्पाली क्रिकेट प्लेयर्स र करुवा ब्वाईज बीच भएको पहिलो खेलमा करुवा ब्वाईज विजेता भएको हो भने गेंझा क्रिकेट क्लब र एमआईबी सुपर लियोज बीच भएको खेलमा गेंझा क्रिकेट क्लब विजयी भएको हो ।
पहिलो खेलमा सतिष मश्रांगी र दोश्रो खेलमा निरज मगर म्यान अफदी म्याच घोषित भए । क्लबका अध्यक्ष छविलाल भट्टराईले खेलले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्न सक्ने भन्दै एउटा कुशल अनुशासित स्वस्थ शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्नसक्ने बताउनुभयो ।
क्लबका बोर्ड मेम्बर अच्यूत पाण्डेयले देश खेलकुद विकासका लागि अगाडि बढ्नसके धेरै सम्भावना बोकेको भन्दै नेपालको खेलकुद क्षेत्र क्रमशः व्यवसायिकतातर्फ उन्मुख हुँदै गएको बताउनुभयो । पाण्डेयले सम्भावना हुँदा–हँुदै पनि खेलकुद पूर्वाधारको विकास हुन नसकेको भन्दै स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ २०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय