Erani Mahal
पाल्पाकाे झिरुबास-क्याङरुङ्ग  गाउँ पहिरोकाे उच्च जोखिममा
kyangrung gaun pahiroo
धनबहादुर ठाडा, पाल्पा - अविरल वर्षको कारण खसेको पहिरोले निस्दी गाउँपालिका- ३, झिरुबासको क्याङरुङ्ग गाउँ उच्च जोखिममा परेको छ । शनिबार बिहान ३ बजेतिर खसेको पहिरोले क्याङरुङ्गको डाँडाथर टोलका करिब २२ घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । पहिरोले गर्दा ढुंगानावेशी - क्याङरुङ्ग - झिरुबास सडक खण्ड पुर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोले यहाँको क्लब भवनसँगै नजिकै रहेको लक्ष्मी माध्यमिक विद्यालय पनि उच्च जोखिममा रहेको प्रधानाध्यापक पदम बहादुर थापाले बताउनुभएको छ । पहिरोले अहिलेसम्म कसैको घर नलागे पनि ८ वटा घर सबैभन्दा उच्च जोखिममा रहेको थापाले बताउनुभएको छ । राति पहिरो खसेको थाहा पाए पछि स्थानीयहरु घरबाट निस्केको स्थानीय गोक बहादुर सोतीले बताउनुभएको छ । सोतीका अनुसार यसभन्दा अगाडि पनि यहीँ ठाउँमा सानो पहिरो खसेको थियो तर यति ठूलो पहिरो जान्छ भन्ने कसैले नसोचेको बताउनुभएको छ । पहिरोका कारण विस्थापित परिवारलाई तत्कालको लागि छिमेकीको घरमा सरेको र पालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरेको झिरुबासका वडा अध्यक्ष नविन्द्र थापाले बताउनुभएको छ । अहिले अन्नपात ढाक्न र गाईबस्तुलाई ओट लाउन पालिकाले त्रिपल वितरण गरेको थापाले बताउनुएको छ । यहाँको अन्य स्थानमा पनि ढाँजा फाटेकोले सिङ्गो गाउँनै जोखिममा रहेको छ । यता सोमबार रातिदेखि परेको अविरल वर्षका कारण निस्दी - ४, मित्यालको १ वटा विद्यालय र २ वटा घरमा पनि ठूलो क्षति पुगेको छ । वर्षका कारण खोपलाकको २ वटा घर भत्केको छ । माथिबाट खसेको पहिरोले जनकल्याण आधारभूत विद्यालय भवनमा पनि ठूलो क्षति पु-याएकाे छ ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update