पाल्पा — पाल्पाको निस्दी–३, झिरुवास भलुवका दुई युवाकाे शब फेला परेकाे छ । घरबाट भलिबल खेल हेर्न हिँडेका निस्दी–३, झिरुवास भलुवाका २१ वर्षीय वीरेन्द्र सोमै र २३ वर्षका इन्द्रबहादुर खरूमगरकाे शब फेला परेकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार निस्दी गाउँपालिका–४, मित्याल मौलाथरमा असोज १७ गते भलिबल हेर्न हिँडेका सोमै र खरूमगर घर फर्किनुभएकाे थिएन । खोजी गर्ने क्रममा बुधबार बिहान निस्दी– ४, मित्यालकै झर्ल्याङ्दी खाेलामा साेमैकाे शब फेला परेकाे थियाे भने साँझ साेमैमगरकाे शब निस्दी ५ गल्घास्थित ढंगानाबेसी खाेलामा खरूमगरकाे शब भेटिएकाे थियाे ।
मृत अवस्थामा भेटिएका दुबै युवाको शव रामपुर अस्पतालमा लगिएको छ । अस्पतालमा चिकित्सक नभएकाले पोस्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ । मित्यालका स्थानीय बासिन्दाले भने निस्दी–४, मित्यालस्थित झर्ल्याङ्दी खोल्साले बगाउँदा दुई जना युवाको मृत्यु भएको हुन सक्ने बताएका छन् ।
अष्टमीको राति ठूलो वर्षा परेको र त्यही वर्षसहित बढेको खोल्साले दुबैजनालाई बगाएको स्थानीय बासिन्दाको भनाई छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले भने खोल्साले बगाएका दुई जनाको शब फेला फेला परेको र थप अनुसन्धान भइरहेको बताउनुभयाे ।
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९ ०८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय