Erani Mahal
निस्दी- ३  झिरुबासको सार्वजनिक सुनुवाई सम्पन्न
Jherr
पाल्पा - निस्दी गाउँपालिका - ३, झिरुबासको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष नविन्द्र थापा सोतीको अध्यक्षतामा भएको कार्यक्रममा , गत आर्थिक वर्षको योजना समिक्षा तथा प्रगति प्रतिवेदन एवं चालु आर्थिक वर्षको योजना सार्वजनिक गरेको छ । वडा सचिव ओम बहादुर मश्राङ्गीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत आर्थिक वर्ष ३ लाख ९० हजार ५ सय ७९ रुपैयाँ आन्तरिक राजस्व संकलन भएको जानकारी दिनुभएको छ । साथै गत आर्थिक वर्ष झिरुबासमा ५५ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएको प्रतिवेदनमा उल्लेख छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत २८ घरले सेवा पाएको र ३० घर परिवारले कर्कतपाटा पाएको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षमा झिरुबासका ९१ जना बसाइँसराइ गएको , ३ जोडी दम्पतीको सम्बन्ध विच्छेद भएको र ३ सय ३७ जनाले नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लिएको प्रतिवेदनमा उल्लेख रहेको छ । यसैगरी झिरुबासमा गत आर्थिक वर्ष ६८ जनाको जन्मदर्ता , ४१ वटा विवाह दर्ता र ३३ जनाको मृत्यु दर्ता भएको वडा सचिव मश्राङ्गीले बताउनुभएको छ । साथै निस्दी गाउँपालिकाबाट चालु आर्थिक वर्षमा प्राप्त योजनाको सार्वजनिक गरेको छ । यसैबीच कृषि प्राविधिक त्रिमला पाटाले कृषि तथा पशु तर्फको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । कार्यक्रममा सहभागीले जिल्लाकै आन्तरिक पर्यटनको क्षेत्र काउले डाँडामा घुम्न आउने पर्यटकको लागि सहज वातावरण सृजना गर्ने तथा फोहोर व्यवस्थापनको विषयमा चिन्तन व्यक्त गरेका छन । साथै झिरुबासमा सामुदायिक विधुतको काम ढिलो हुनु , खानेपानीको समस्या , मोटरबाटोको स्तरउन्नति गर्न आवस्यक , प्राविधिक तथा उच्च शिक्षाको आवस्यकता जस्ता विषयमा चासो राखेका छन । साथै बाल विवाह न्यूनीकरणको लागि विशेष कार्यक्रमको आवश्यकता, कृषिमा आधुनिकीकरण गर्दै नर्सरीको व्यवस्थापन हुनुपर्ने विषयमा जिज्ञासा राखेका छन । कार्यक्रममा उठेका जिज्ञासाको जवाफ जनप्रतिनिधि तथा कर्मचारीहरुले दिनुभएकाे थियाे । अध्यक्षको आसनबाट बोल्नुहुँदै वडा अध्यक्ष सोतीले झिरुबासलाई सुशासन मैत्री , पारदर्शिता र निष्पक्षता वडा बनाउनेतर्फ लागिपरेको बताउनुभएको छ । साथै सोतीले सम्पुर्ण राजनैतिक दल , समाजसेवी , बुद्धिजीवी , कर्मचारी, नागरिक समाज, संघसंस्था सबैसँग समन्वय गर्दै अगाडि बढने प्रतिबद्धता गर्नुभएको छ । कार्यक्रममा समाजसेवी दमन सिंह थापा , नेकपा एमाले झिरुबासका अध्यक्ष रामबहादुर पाटा , नेपाली काङग्रेस झिरुबासका सभापति धनबहादुर खण्डलुक , निवर्तमान वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटा लगायतले शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रमको सहजीकरण धनबहादुर ठाडा र तुल बहादुर बयम्बुले गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update