– राम बहादुर गरंजा (एसकुमार)
धर्ति हैन, आकाशको छानो पनि आफ्नो रहेनछ
पैतालामुनि एक मुठी माटो पनि आफ्नो रहेनछ ।
काटिन्छ, चोट सहन्छ, पीडा मेरै जस्तो छ, सोच्थे
बिचरा पीडित त्यो अचानो पनि आफ्नो रहेनछ ।
सफरमा त सहयात्रीहरू कति भेटिन्छन्, कति
खै कता पो छुटाउँछ, बाटो पनि आफ्नो रहेनछ ।
यहाँ मानो रोपेर मुरी फलाउँछन् किसानहरू
सबै साहुले लान्छ, मानो पनि आफ्नो रहेनछ ।
प्वाँख पलाए, चल्ला उडे, हातगोडा बस्दै गए
आमा भन्छिन् ढिकी, जाँतो पनि आफ्नो रहेनछ ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १५:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय