Erani Mahal
निस्दीका विद्यालयमा एसइइ नतिजा विश्लेषण तथा स्थलगत अन्तरक्रिया कार्यक्रम
299572728_681348786219900_7623988234173216963_n
पाल्पा- निस्दी गाउँपालिका पाल्पाका माध्यमिक विद्यालयहरुमा २०७८ सालको एसइइ परीक्षाको नतिजा विश्लेषण तथा अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ । यस वर्षको एसइइ परीक्षामा संतोषजनक नतिजा नआए पछि नतिजाको विश्लेषण तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरिएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ । कार्यक्रममा सारुले स्थलगत अध्ययन र अन्तरक्रियाले शिक्षामुखी र उपयोगी योजना निर्माणमा सहयोग पुग्ने बताउदै अहिले निस्दीले बालमैत्री शिक्षा सन्चालन गर्ने योजना रहेको बताउनुभयो । जम्मा १२ वटा माध्यमिक विद्यालय सन्चालनमा रहेको निस्दीमा बुधबार र बिहिवार गरेर ८ वटा विद्यालयहरुमा सम्पन्न गरिएको शिक्षा शाखा प्रमुख नर बहादुर थापाले जानकारी गराउनु भयो । २ समूहको टोलीमा अध्यक्ष सारु,प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल सहितको टोलीले ज्यामिरेको सरस्वती मावि र जनपृय मावि र गल्धाको जनता मावि र सरस्वती माविमा कार्यक्रम सन्चालन गरेको हो । त्यस्तै बाकामलाङको राधाकृष्ण मावि,सहलकोटको अंशुवर्मा मावि र बालहित मावि र झिरुबासको जनक मावि मा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ सहित शिक्षा समितिका पदाधिकारीको सहभागिता रहेको छ । समाजमा विद्यार्थीहरुको नतिजा संतोषजनक नहुनुमा विद्यार्थीको भन्दा शिक्षकलाई दोषी देखाउने प्रचलन रहेकोले यस तर्फ शिक्षकहरुले समेत ध्यान पुर्‍याउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत दयालले बताउनु भयो । उहाँले सामाजिक चेतनाले स्तरले शिक्षामा प्रभाव पार्ने बताउदै अभिभावकहरुको भूमिकाको बारे बताउनुभयो । कार्यक्रममा विषयगत शिक्षकहरुले नतिजा विश्लेषण गर्दै शिक्षणका क्रममा देखिएका चुनौती र समाधानका बारेमा छलफल गरिएको थियो । विद्यार्थी नियमित उपस्थिति नहुनु,अभिभावकको विद्यालय प्रति कम चासो हुनु,भौगोलिक कठिनाइ,कोभिडले प्रभावित पार्नु जस्ता समस्याले नतिजा कम आएको शिक्षकहरुको भनाई रहेको थियो । विद्यार्थीहरु २ घण्टा समय लाएर विद्यालय आउनुपर्ने समस्या रहेको र थकानले गर्दा शिक्षण सिकाइमा सक्रिय सहभागिता जनाउन नसकिएको बताउँछन् । त्यसैगरी विद्यालय जानका लागि टिपर पाउने कि नपाउने भन्ने चिन्ता रहेको र त्रासमा नै यात्रा गरेर विद्यालय आउने जाने गर्नुपरेकोले पढाईमा कम ध्यान पुगेको बताएका छन् । स्थानीय सरकार र विद्यालयले छात्राबासको व्यवस्था गरेमा ति समस्याहरु हट्नेमा विद्यार्थीहरु विश्वास्त रहेको बताउँछन् । यसपटक जम्मा ३९० जना विद्यार्थीहरु सहभागिता रहेको निस्दीमा सबैभन्दा बढी गौरीशंकर मावि मित्यालमा ६७ जना र सबैभन्दा कम सरस्वती मावि ज्यामिरेमा १४ जना रहेका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update