Erani Mahal
निस्दी र पूर्वखोला गाउँपालिका जोड्ने मोटरेबल पुल निर्माण अन्तिम चरणमा
291393493_549489416724776_3896908578479202663_n
पाल्पा- निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका पाल्पा जोड्ने मोटरेबल पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयको आयोजना मोटरेबल पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । निर्माणकार्य सम्पन्न गर्नका लागि ४ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको हो । जय नेपाल कम्पनी विवेक कुमार निर्माण सेवा प्रा. लि. स्याङ्जाले निर्माणकार्य जिम्मा लिएको थियो । पैदलमार्ग सहित २ ल्याण्डको रहेको पुलको लम्बाई ५६ मिटर रहेको छ । यस अघि भौतिक बिकास तथा पूर्वाधार मन्त्री हुँदा शिलान्यास गरिएको पुल निर्धारित समयमै सम्पन्न हुने देखिएको छ । यसरी गाउँपालिकालाई जोड्ने मोटरेबल पुल समयमै निर्माण हुने भएपछि गाउँपालिकाका स्थानीय नागरिकहरु खुशी भएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update